+
+

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : सरकारले जहाज दुर्घटनाको नैतिक जिम्मेवारी किन लिँदैन ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १४:४७

१३ साउन, काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले हालै भएको जहाज दुर्घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यसको जिम्मा कसले लिने ? निरन्तर जहाज दुर्घटना भइराख्ने तर, यसको जिम्मा कसैले नलिने ? छानबिन समिति बनाउने र साना कर्मचारीलाई दोषी देखाउने ?’ उनले प्रश्न गरे, ‘ती प्राधिकरण र युनिटकाहरु मात्रै जिम्मेवार हो कि त्यो युनिट र प्राधिकरणलाई अस्तव्यस्त बनाउने सरकार पनि जिम्मेवार हो ?’

तल्लो तहका कर्मचारीलाइ दोषी देखाएर पन्छिने प्रवृतिको विरोध गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिक जिम्मेवारी कसले लिन्छ भनेर प्रश्न गरेका हुन् ।

‘यसमा सरकार जवाफदेही हुन्छ कि हुँदैन ? म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु-यसको नैतिक जिम्मेवारी सरकारले लिँदैन भने कल्ले लिने हो ?’ साहले प्रश्न गरे । जनउत्तरदायी सरकार हो भने सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने र सुधारका लागि काम गर्नुपर्ने उनको सुझाव छ ।

गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर जहाजमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको मृत्यु भएको छ ।

विमान चालक शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?