+
+

लोकगायक विमलराज क्षेत्रीले देशव्यापी ‘लोकतान्त्रिक सांगीतिक अभियान’ चलाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १६:२०

काठमाडौं । लोकगायक विमलराज क्षेत्रीले देशव्यापी ‘एकल लोकतान्त्रिक सांगीतिक अभियान २०८१’ सञ्चालन गर्ने भएका छन् । देशभरका ७७ जिल्लामा आयोजना हुने अभियानको सुरुवात भदौ २ गते कास्कीबाट हुनेछ ।

डेढ वर्षसम्म चल्ने यो अभियानको उद्देश्य स्रष्टा-सर्जक कल्याण कोषको स्थापना एवं अभिवृद्धि गरी कलाकार, संस्कृति, समाज र पार्टीको हितमा काम गर्ने रहेको छ । गायक क्षेत्री नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक महासंघमा आबद्ध छन् ।

भदौ २ मा गणेशमान स्मृति दिवसको अवसर पारेर सुरु हुने अभियानको नाम ‘विमलराज क्षेत्री, एकल लोकतान्त्रिक सांगीतिक अभियान’ राखिएको छ ।

अभियानमार्फत स्रष्टा–सर्जक कल्याण कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने, आपतविपतमा परेका लोकतन्त्रवादी स्रष्टा सर्जकलाई सहायता गर्ने, स्रष्टा सर्जक सम्मान पुरस्कार स्थापना गर्ने, विभूति भइसकेका स्रष्टा सर्जक कलाकारको नाममा प्रतिमा बनाउने र उनीहरुको नाममा प्रतिष्ठान स्थापना गर्ने उद्देश्य पनि राखिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले अभियानको उद्घाटन गर्नेछन् । अभियान अन्तर्गत सांगीतिक कार्यक्रम सञ्चालन, सबै कार्यक्रम राष्ट्रिय टेलिभिजन मार्फत लाइभ गर्ने, योग्यता पुगेका स्रष्टा सर्जकलाई सम्मान कार्यक्रम पनि तय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?