+
+

‘डेडपुल एण्ड वुल्भरिन’को मद्दतमा एमसीयू बन्यो ३० बिलियन डलर कमाउने पहिलो फिल्म सिक्वेल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १६:२९

काठमाडौं । ‘डेडपुल एण्ड वुल्भरिन’को विश्वव्यापी उछाल कमाइको मद्दतमा मार्वल सिनेम्याटिक युनिभर्स विश्व फिल्म इतिहासमा ३० बिलियन डलर कमाउने पहिलो श्रृंखला बनेको छ ।

अमेरिकाको सान डियागोमा आयोजित कमिक–कन समारोहमा यस्तो घोषणा गरिएको हो । ‘डेडपुल एण्ड वुल्भरिन’ले शुक्रबार उत्तर अमेरिकामा मात्रै ९६ मिलियन डलरको ओपनिङ गरेको छ । यो फिल्म उत्तर अमेरिकी बक्स अफिसमा यति धेरै कमाउने छैटौं फिल्म हो ।

यति धेरै ओपनिङ गर्ने ‘आर रेटेड’ अर्थात् एडल्ट फिल्म समेत हो । यो फिल्मले पहिलो सप्ताहन्त विश्वभर ४१५ मिलियन डलर ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । उत्तर अमेरिकामा मात्रै फिल्मले पहिलो सप्ताहन्त २०५ मिलियन डलरको ओपनिङ गर्ने अनुमान भेराइटीले गरेको छ ।

१५ वर्षको इतिहासमा मार्वल सिनेम्याटिक युनिभर्ससँग ३४ श्रृंखला छन् । विश्व इतिहासमा यो उपलब्धिलाई महत्वपूर्ण रुपमा लिइएको छ । सन् २००८ मा ‘आइरन म्यान’ रिलिजसँगै एमसीयूको इतिहास सुरु भएको थियो ।

श्रृंखलाको पछिल्लो फिल्म ‘एभेन्जर्स : एण्डगेम’ले २.७९९ बिलियन डलर, ‘इन्फिनिटी वार’ले २.०५ बिलियन डलर कमाइ गरेका छन् । यी दुई फिल्म विश्व फिल्ममा धेरै कमाउनेमध्येका दुई हुन् ।

यो श्रृंखलामा सोनीले निर्माण गरेको ‘स्पाइडरम्यान’का १० सिक्वेल छन् । ‘स्टार वार्स’का ११ फिल्म छन् । ‘ह्यारी पोर्टर’का ११ फिल्म, ‘जेम्स बन्ड’का २५ फिल्म छन् । सान लेभी निर्देशित ‘डेडपुल एन्ड वुल्भरिन’ विदेशमा गत शुक्रबार प्रदर्शनमा आएको छ । नेपालमा रिलिज भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?