+
+

एटीएम मेसिन तोडफोड गरेको आरोमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १६:३२

१३ साउन, काठमाडौं। एटीएम मेसिन तोडफोड गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–१ घर भई काठमाडौं कलंकी बस्दै आएका १८ वर्षीय राधेश्याम बैठा छन् ।

उनलाई प्रहरी वृत्त बालाजुको टोलीले आइतबार दिउँसो पक्राउ परेको हो ।

आइतबार पौने ३ बजेतिर बालाजु चोकमा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिन फोड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

मेसिन फोड्न प्रयोग भएको फलाम रड समेत उनीबाट बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?