+
+

पोखराका यातायात व्यवसायीको दादागिरी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १६:३५

१३ साउन, पोखरा । रातो नम्बर प्लेटलाई पनि यात्रु ओसार्न दिने गरी सरकारले कार्यविधि ल्याउन लागेको भन्दै गाडी थन्क्याएर सार्वजनिक यातायात ठप्प पारेका व्यवसायी तथा मजदुरले पोखरामा अराजकता प्रदर्शन गरेका छन् । आन्दोलनरत व्यवसायी तथा मजदुरले मोटरसाइकल तथा स्कुटरमा हिँड्नेलाई दुर्व्यवहार गर्नेदेखि हातपातमै उत्रिएका छन् ।

अपशब्द बोल्दै साधारण यात्रीहरुलाईसमेत दुर्व्यवहार गर्ने, गाडी रोक्ने गरेका उनीहरुले समाचार संकलनका लागि पुगेका पत्रकारलाईसमेत हातपात गरी अभद्र व्यवहार गरेका छन् । साधाररण मोटरसाइकल चालकलाई समेत कुटपिट गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा–९ शान्तिवनमा ट्याक्सी ४१ वर्षीय चालक सूर्यबहादुर नेपाली, मजदुर ३३ वर्षीय बुद्धिबहादुर बयलकोटी, पोखरा–१६ का १६ वर्षीय प्रशान गुरुङ, पोखरा जिरो किलोमिटर बस्ने २८ वर्षीय सन्तोष बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा भएको आन्दोलनले यात्रुले सास्ती खेपेका छन् । व्यवसायी तथा मजदुरले पत्रकार विनु थापा, सुरज थापा लगायतमाथि हातपात गरेका हुन् । नेपाल पत्रकार महासंघ कास्कीलगायतले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

भीडमा घुसपेट भएर धेरैजनामाथि अभद्र व्यवहार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले बताए । उनले आफूहरुले शान्तिपूर्ण आन्दोलन गरेको तर भीडलाई उत्तजित बनाउने गरी घुसपेट भएको दाबी गरे ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपमार्फत सञ्चालन हुने दुई पांग्रे तथा चारपांग्रे सवारी साधनलाई पनि यात्रु बोक्न दिने गरी कार्यविधि ल्याउन खोजेको छ । अहिले गण्डकीमा राइड सेयरिङ अवैध रुपमा चलिरहेको छ । सरकारले कार्यविधि बनाएर नियमन गर्ने तयारी गरेपछि त्यसको विरोधमा व्यवसायी तथा मजदुर उत्रेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?