+

हिट चरणबाटै बाहिरिइन् डुवाना

२०८१ साउन  १३ गते १६:४० २०८१ साउन १३ गते १६:४०
हिट चरणबाटै बाहिरिइन् डुवाना

१३ साउन, काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत पौडीमा नेपालकी डुवाना लामा हिट चरणबाटै बाहिरिएकी छन् ।

महिला २०० मिटर फ्रि–स्टाइलमा प्रतिस्पर्धा गरेकी डुवानाले निर्धारित दूरी २ मिनेट २०.७४ सेकेण्डमा पूरा गरिन् ।

हिट १ मा प्रतिस्पर्धा गरेकी उनी आफ्नो हिटमा सातौँ (अन्तिम स्थान) भइन् ।

डुवानाले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएकी थिइन् ।

डुवानाकी प्रशिक्षक नयना शाक्यले नतिजा ल्याउन नसके पनि खराब स्वास्थ्य अवस्थाका कारण राम्रो खेलेको प्रतिक्रिया दिएकी छन् ।

‘डुवानाको तीन दिनअघि हिंड्दाहिंड्दै खुट्टामा समस्या आएपछि स्वास्थ्य परीक्षण गराउँदा एन्कलमा पुरानै समस्या बल्झिएको देखियो । खुट्टा सुन्निएको थियो,’ शाक्य भन्छिन्, ‘तीन दिनको उपचार र फिजियाथेरापीपछि खेल्न सक्ने अवस्था भएको हो । त्यसैले उसको समय सोचे अनुसारको आउन सकेन । यस्तो अवस्थामा पनि डुवानाले साहसिक प्रदर्शन गरेकी छन् ।’

डुवाना लामा पेरिस ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय