+

छनोट चरणबाट बाहिरिइन् सुस्मिता

२०८१ साउन  १३ गते १७:३६ २०८१ साउन १३ गते १७:३६
छनोट चरणबाट बाहिरिइन् सुस्मिता

१३ साउन, काठमाडौं । नेपालकी सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिकको छनोट चरणबाट बाहिरिएकी छन् ।

१० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिताले ६०७.८ अंक मात्रै जोड्न सफल भइन् । ४३ खेलाडीमध्ये सुस्मिता ४२औं स्थानमा रहिन् ।

छनोटबाट आठ खेलाडीले अन्तिम चरणमा स्थान बनाएका छन् । अल्जेरियाकी खेलाडीले भने खेलमा प्रतिस्पर्धा नै गरिनन् ।

राइफल सुटिङमा कोरियाकी ह्योजिन बनले ६३४.५ अंक जोड्दै छनोट चरणमा ओलम्पिक रेकर्ड राखेकी छन् ।

पेरिस ओलम्पिक सुस्मिता नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय