+
+

टप १० ब्रोकर कम्पनीले कतिको सेयर किने, कति बेचे ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १७:५५

१३ साउन, काठमाडौं । आइतबार बजारमा कुल १५ अर्ब ८१ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको अंश ३३ प्रतिशत हो ।

टप १० ब्रोकर कम्पनीमार्फत यस दिन कुल ५ अर्ब ३१ करोडको धितोपत्र खरिद हुँदा ५ अर्ब ३८ करोडको बिक्री भयो । ठूला ब्रोकर कम्पनीको खरिदभन्दा बिक्री धेरै देखिन्छ । यस दिन इम्पेरियल ब्रोकर कम्पनीमार्फत सबैभन्दा धेरै रकमको कारोबार भएको छ भने दोस्रोमा भिजन र तेस्रोमा नासा सेक्युरिटी रहेको छ ।

५ ब्रोकर कम्पनीको खरिद धेरै देखिन्छ भने ५ को बिक्री धेरै देखिन्छ । इम्पेरियल, भिजन, सनी, अनलाइन र दिपशिखामार्फत खरिद धेरै देखिन्छ । त्यस्तै नासा, डायनामिक, आर्यतारा, एबीसी र श्रीहरिमार्फत बिक्री धेरै भएको छ ।

टप १० ब्रोकर कम्पनीमार्फत शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, एभरेस्ट बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक लगायत कम्पनीको कारोबार उच्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?