+
+

धनगढीमा ट्रकमा शव फेला, चालक र सहचालक नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १७:५२

१३ साउन, धनगढी । धनगढीमा ट्रकको सामान अनलोड गर्ने क्रममा शव फेला परेको छ । वीरगञ्जबाट समान ल्याएको सुपप्र ०१००१ ख २४४२ नम्बरको ट्रक अनलोड गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टका अनुसार शव फेला परेपछि ट्रक चालक कञ्चनपुरको बेदकोट नगरपालिका–९ का ३८ वर्षीय लबिन्द्र राना र सहचालक २२ वर्षीय ओमप्रकाश रानालाई नियन्त्रणमा लिइएको छ ।

ट्रकमा वीरगञ्जबाट छड र प्लाष्टिकका बोरा ल्याइएको थियो । चालक र सहचालकले ट्रकमा भेटिएको शवबारे कुनै जानकारी नभएको र सामान अनलोड गर्ने क्रममा मात्र देखेको बयान प्रहरीलाई दिएका छन् ।

पहिचान खुल्न नसकेको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?