+
+

संविधान संशोधन गरेर स्थायी सरकार दिने वातावरण बनाउनुपर्छ : कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १८:१३

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधन गरेर मुलुकलाई स्थायी सरकार दिने वातावरण बनाउनुपर्ने बताएका छन् ।

नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस, एमाले लगायत दल मिलेर संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा सुरुदेखि आफूले उठाएको कोइरालाले बताए । ६/६ महिनामा भइरहने सरकार गठन र बिघटनले देशलाई धरासयी बनाएको उनको भनाइ छ ।

कोइरालाले भने, ‘केवल सत्ता टिकाउन सधैं २/४ सिट भएका दललाई बोकेर हिंड्दा नेपालले प्रगति गर्न सकेन भन्ने लागेर मैले केही समयदेखि संसदमा रहेको पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई उठाएको हुँ ।’

कांग्रेस–एमाले गठबन्धनको सरकारलाई गल्ती गर्ने छुट नभएको कोइरालाले बताए । उनले भने, ‘कांग्रेसले अब सुशासनको नारालाई जनताको घरघरसम्म लैजान्छ । हामीले कुनै पनि प्रकारको भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्छ ।’

निरंकुशता विरोधी हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीले नेपाललाई ठूलो गुण लगाएको पनि कोइरालाले बताए । उनले भने, ‘भारतमा रहनुभएका कांग्रेस पार्टीका मात्रै होइन सम्पूर्ण नेपालीले पुर्‍याउनुभएको योगदानको म मुक्तकण्ठले उच्च प्रशंसा गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?