+
+

सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे मन्त्री थापालाई बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १८:२३

१३ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापालाई बर्खास्त गरेका छन् ।

आफ्नो निर्देशन विपरीत प्रदेश सभाको बैठकमा सहभागी भएको भन्दै मुख्यमन्त्री सोडारीले थापालाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले थापालाई पदबाट बर्खास्त गरिएको बताए । थापा प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश सभाको विशेष अधिवेशनको बैठकमा सहभागी भएकी थिइन् ।

८ साउनमा बसेको पहिलो र आइतबार बसेको दोस्रो बैठकमा सहभागी भएपछि थापालाई मन्त्रीबाट बर्खास्त गरिएको हो ।

एमालेले २० असारमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट अध्यादेशमार्फत ल्याउन खोजेका थिए ।

तर प्रदेश प्रमुख नजिर मियाँले २९ असारमा सरकारले सिफारिस गरेको बजेट अधिवेशन अन्त्य गर्ने सम्बन्धी पत्र ३ साउनमा मात्र कार्यान्वयन गरेका थिए । कांग्रेस र एमालेका एक चौथाइभन्दा बढी प्रदेश सभा सदस्यको मागबमोजिम भोलिपल्ट विशेष अधिवेशन आह्वान गरेका थिए ।

प्रदेश प्रमुखको यो कदमले मुख्यमन्त्री सोडारीको अध्यादेशमार्फत बजेट ल्याउने विकल्प बन्द भएको थियो । सरकारले बजेट ल्याउन नसकेपछि सुदूरपश्चिम प्रदेश साउन १ गतेदेखि बजेट शून्यतामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?