+

दुई पटक अग्रता जोगाउन नसक्दा संकटा एनआरटीसँग बराबरीमा रोकियो

२०८१ साउन  १३ गते १८:३५ २०८१ साउन १३ गते १८:३५
दुई पटक अग्रता जोगाउन नसक्दा संकटा एनआरटीसँग बराबरीमा रोकियो

१३ साउन, काठमाडौं । ललित स्मृति एन्फा यू-१८ युथ लिगमा संकटा क्लबले एनआरटीसँग २-२ को बराबरी खेलेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा संकटाले दुई पटक अग्रता लिएपनि जोगाउन नसक्दा पहिलो जितबाट बञ्चित भयो ।

खेलको पाँचौं मिनेटमै कृष्ण आले मगरले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । एनआरटीका लागि कप्तान विज्ञान खड्काले १३ औं मिनेटमा बराबरी गोल फर्काए ।

त्यसपछि अनिश थापा मगरले २६ औं मिनेटमा गोल गर्दै संकटालाई पुन: अग्रता दिलाएका थिए । पहिलो हाफमा संकटाले उक्त अग्रता कायम राखेपनि दोस्रो हाफमा जोगाउन सकेन ।

एनआरटीका सन्तोष गोङ्बाले ६७ औं मिनेटमा गोल गर्दै खेल २-२ को अवस्थामा पुर्‍याए । त्यसपछि भने खेलमा दुवैतर्फबाट गोल हुन सकेन र दुवैले एक-एक बाँडे ।

पाँच खेलमा संकटाको यो तेस्रो बराबरी हो । तीन बराबरी र दुई हारबाट ३ अंक जोडेको संकटा दशौं स्थानमा उक्लेको छ ।

पहिलो बराबरी खेलेको एनआरटीले ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ ।

फुटबल यु-१८ लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय