+

श्रीलंकाले पहिलोपटक जित्यो वुमन एसिया कपको उपाधि

२०८१ साउन  १३ गते १८:३३ २०८१ साउन १३ गते १८:३३
श्रीलंकाले पहिलोपटक जित्यो वुमन एसिया कपको उपाधि

१३ साउन, काठमाडौं । हर्षिता मदाभीको उत्कृष्ट प्रदर्शनसँगै श्रीलंकाले वुमन एसिया कपको उपाधि जितेको छ ।

पहिलो पटक उपाधि जित्ने क्रममा श्रीलंकाले सात पटकको च्याम्पियन भारतलाई ८ विकेटले हराएको हो । बलियो भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।

पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर भिश्मी गुणरत्ने मात्र १ रनमा आउट भएकी थिइन्, जतिबेला टिमको स्कोर मात्र ७ रन दियो । तर कप्तान चमारी अथापथ्थु रहर्षिताले पारी सम्हाले ।

दुवैले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरे । १२औं ओभरको अन्तिम बलमा कप्तान चमारी ६१ रनमा आउट हुँदा श्रीलंकाको स्कोर ९४ रन थियो ।

हर्षिताले जिम्मेवारी सम्हालिन् । उनले कभिशा भिलहारीसँग मिलेर श्रीलंकालाई जिताइन् । हर्षिता ६९ र ३० रनमा अविजित रहिन् । ५१ बलको सामना गरेकी हर्षिताले ६ चौका र २ छक्का हानेकी थिइन् ।

यसअघि दाम्बुलामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले स्मृति मान्धानाको ६० रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

वुमन एसिया कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय