+
+

सामाजिक सञ्जालबाट ८४ लाख ठगी गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १८:४७

१३ साउन, काठमाडौं । सामाजिक सञ्जालमार्फत ८४ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–९ घर भई ललितपुर बस्दै आएका २३ वर्षीय पुरुषोत्तम भण्डारी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुलाई सम्पर्क गरी क्यानडा पठाउँछु भन्दै रकम हाल्न लगाएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

उनले विभिन्न व्यक्तिहरुबाट अहिलेसम्म ८४ लाख १५ हजार ६ सय २५ रुपैयाँ ठगी गरेको खुलेको छ । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?