+
+

अञ्जु पन्तले ल्याइन् ‘हजुर आउनु’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १५:४४

काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा नयाँ गीत ‘हजुर आउनु’ सार्वजनिक भएको छ । प्रेमभावको यो गीतमा शिशिर भट्टराईको शब्द र मुरारी गुरागाईंको संगीत छ । गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका छन् ।

असीको दशकको सेटिङमा तयार पारिएको गीतको भिडियोमा गम्भीर विष्ट र जेबिका खत्री फिचर्ड छन् । भिडियोको कोरियोग्राफी र निर्देशन गम्भीरले नै गरेका हुन् भने छायांकन नवराज उप्रेती र सम्पादन नवीन निरौलाको छ ।

गीत ‘अञ्जु पन्त अफिसियल’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?