+

डा. अरुण केसीलाई ‘उत्कृष्ट डाक्टर’को सम्मान

२०८१ साउन  १३ गते १८:५२ २०८१ साउन १३ गते १८:५२
डा. अरुण केसीलाई ‘उत्कृष्ट डाक्टर’को सम्मान

काठमाडौं । वीर अस्पतालले डा. अरुण केसीलाई ‘उत्कृष्ट डाक्टर’को सम्मान प्रदान गरेको छ । अस्पताल स्थापनाको १३५ औं वार्षिकोत्सवको अवसरमा डा. केसीलाई सम्मान गरिएको हो । नाक कान घाँटीरोग विभागका वरिष्ठ शल्यचिकित्सक केसीले आधा दशक बढी अवधिमा हजारौं शल्यक्रिया गरिसकेका छन् । उनी अस्पतालमा लगनशील र कार्यकुशलताका लागि कहलिएका छन् ।

सोही अवसरमा नर्स कल्पना कटुवाल, पारामेडिक कुमारप्रसाद खतिवडा, ब्लड बैंक प्राविधिक नगेन्द्र कक्षपति र प्रशासनतर्फका सेवक खड्कालाई ‘उत्कृष्ट कर्मचारी’को सम्मान दिइयो । यस्तै उत्कृष्ट विभागतर्फ स्नायु तथा नसारोग विभागलाई सम्मान गरियो । प्रा.डा. राजीव झाको नेतृत्वमा रहेको सो विभागले पछिल्लो समय अत्याधुनिक उपकरणको प्रयोग गर्दै स्नायु तथा नसारोगको उपचारलाई प्रभावकारी बनाएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको रुपमा रहेको वीर नेपालकै जेठो अस्पताल हो । वीर शमशेरले स्थापना गरेको अस्पताल वि. सं. १९४७ साउन १२ गतेदेखि सञ्चालनमा आएको थियो । विपन्न तथा असहायलाई सहज रुपमा उपचार सेवा दिने उदेश्यले वीर अस्पतालको स्थापना भएको थियो ।

१५ शय्याबाट सुरु अस्पतालमा अहिले ९६६ शय्या सञ्चालनमा छन् । यहाँ हाल चिकित्सक, नर्स, प्राविधिक र अन्य कर्मचारीसहित १८ सय जनशक्ति कार्यरत छन् । सस्तो र सहज उपचारका लागि देशभरबाट आउनेहरुको यहाँ चाप हुन्छ ।

देशकै अनुभवी र परिपक्व चिकित्सक, आधुनिक उपकरणले सम्पन्न यो अस्पतालको सेवा सुविधामा भने बिरामीहरुले गुनासो गर्दै आएका छन् । अस्पतालले समयसापेक्ष सेवाग्राहीलाई छरितो सेवा सुविधा दिन नसकेको उनीहरुको गुनासो हुन्छ ।

डा.अरुण केसी सम्मान स्वास्थ्य सेवा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय