
१३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खु चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बसेका एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहट राजपुर नगरपालिका–१ घर भएका १३ वर्षीय आदित्य गुप्ता छन् ।
बल्खु चोकमा आइतबार बिहान ना ६ ख २२०३ नम्बरको ट्रकले बागमती प्रदेश ०२ ०१६ प ७११४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते गुप्ताको बल्खुस्थित बयोधा अस्पतालमा उपचार गराइएको थियो । उपचारकै क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4