+
+

निर्वाचन आयोगमा निवेदन दिएपछि मुकुल ढकालले पाए पदमुक्तको पत्र

नपाएको भनेपछि पुनः पठाएका हौं : बुर्लाकोटी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १९:०६

१३ साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पदमुक्त भएका मुकुल ढकालले पार्टीबाट हटाएको पत्र नपाएको दाबी गरेपछि पुनः पठाइएको रास्वपाले जनाएको छ ।

रास्वपाको महामन्त्री, प्रवक्ता, केन्द्रीय सदस्यबाट पदमुक्त भएका ढकालले पदबाट हटाएको पत्र नपाएको भन्दै आइतबार निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

आयोगमा निवेदन दिएपछि पार्टीले ‘ब्याक डेट’ राखेर पदमुक्तको पत्र पठाएको ढकालले बताए । केन्द्रीय समिति बैठकले ढकाललाई पार्टी सदस्य मात्रै रहने गरी २५ असारमा उनलाई जिम्मेवारीबाट हटाएको थियो ।

पार्टी निर्णय विधिसंगत नभएको उनले दाबी गर्दै आएका छन् । संविधान, राजनीतिक दलसम्बन्धी ऐन लगायतका प्रावधान विपरीत आफूमाथि कारबाही भएको ढकालले जिकिर छ ।

निर्वाचन आयोगमा निवदेन दिएपछि ढकाललाई पुनः पत्र पठाइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘उहाँलाई पदमुक्त गरेको पत्र पठाएका थियौं,’ बुर्लाकोटीले अनलाइनखबरसँग भने, ‘पत्र पाइनँ भनेपछि फेरि पठाएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?