+
+

मुख्यमन्त्री लामाको राजनीतिक सल्लाहकारमा शाह नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १९:१०

१३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको राजनीतिक सल्लाहकारमा विनोद शाह नियुक्त भएका छन् ।

लामाकै गृह जिल्ला नुवाकोटका उनलाई आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

मन्त्रिपरिषद्ले शाहको नियुक्तिसम्बन्धी एउटा मात्रै निर्णय गरेको मन्त्री लामिछानेले जानकारी दिए ।

शाहलाई प्रदेश सुशासन ऐन, २०७७ को दफा ३ को ५ बमोजिम नियुक्त गरी नियमावली २०७७ को नियम २ बमोजिम राजनीतिक सल्लाहकारको सेवा सुविधा, काम कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णय गरेको मन्त्री लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?