+
+

पारिवारिक जमानीमा पनि लघुवित्त कर्जा, एक ऋणीलाई दुई संस्थाले ऋण दिन सक्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १९:२२

१३ साउन, काठमाडौं । अबदेखि एउटा ऋणीलाई दुई वटा लघुवित्तले ऋण लगानी गर्न सक्ने भएका छन् ।

७ लाखको सीमा नबढ्ने गरी एउटा ऋणीले दुई वटासम्म लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन सक्ने व्यवस्था भएको नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेलले बताए ।

बैंक तथा वित्तीय संस्था नियमन विभागले लघुवित्त वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

सामूहिक जमानीमा मात्रै कर्जा लगानी गर्न पाउने लघुवित्तमा पारिवारिक जमानीमा पनि कर्जा लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।

हाल विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामूहिक जमानीमा लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाई प्रतिसमूह सदस्य बढीमा ५ लाखसम्म लघुकर्जा उपलब्ध गराउन सकिने व्यवस्था थियो ।

यस्तै दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यका हकमा ७ लाख सीमा कायम गरिएको थियो । तर, अब प्रति परिवार २५ हजारसम्मको कर्जा पारिवारिक जमानीमा समेत प्रदान गर्न सकिने भएको हो । उक्त कर्जामा सामूहिक जमानी चाहिने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?