+

एपीएफलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

२०८१ साउन  १३ गते २०:१० २०८१ साउन १३ गते २०:१०
एपीएफलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

१३ साउन, काठमाडौं । भुपेन्द्र धरालाले इन्जुरी टाइममा गोल गरेपछि मछिन्द्र एफसीले ललित स्मृति एन्फा यू१८ युथ लिगमा आइतबार एपीएफ एफसीलाई २-१ ले पराजित गरेको छ ।

लिगमा तेस्रो जित हासिल गरेको मछिन्द्र शीर्ष स्थानमा समेत उक्लिएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्रसुन तामाङले ६३औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए ।

मछिन्द्र जितनजिक पुगेको बेला ८९औं मिनेटमा एपीएफका विकास टिटुङले पेनाल्टीमा गोल गर्दै खेल १(१ को बराबरीमा पुर्‍याए । तर इन्जुरी टाइमको चौथो मिनेटमा भुपेन्द्रले गोल गर्दै मछिन्द्रलाई जित दिलाए ।

जितपछि ५ खेलबाट ११ अंक जोडेको मछिन्द्र शीर्ष स्थानमा उक्लेको छ । जारी लिगमा नेपाल पुलिसँगै अपराजित रहेको मछिन्द्रले ३ खेल जित्दा २ खेल बराबरी खेलेको छ ।

एपीएफ ललित स्मृति यू-१८ युथ लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय