+

जुडो खेलाडी मनिताले आज प्रतिस्पर्धा गर्दै, प्रिन्सको दोस्रो खेल पनि आजै

२०८१ साउन  १४ गते ७:३५ २०८१ साउन १४ गते ७:३५
जुडो खेलाडी मनिताले आज प्रतिस्पर्धा गर्दै, प्रिन्सको दोस्रो खेल पनि आजै

१४ साउन, काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा आज पनि दुई नेपाली खेलाडीको प्रतिस्पर्धा रहेको छ ।

जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलमा आज प्रतिस्पर्धा गर्दैछिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिया पेरिसिकको सामना गर्नेछिन् ।

यो खेल फ्रान्सको स्थानिय समय अनुसार बिहान १० बजे अर्थात नेपाली समय अनुसार दिउँसो १:४५ बजे हुनेछ ।

यस्तै ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाले समूह चरणमा आफ्नो दोस्रो खेल आज खेल्नेछन् । मेन्स सिंगल्सको समूह पी मा रहेका प्रिन्सले आयरल्याण्डका एनहात गुएनसँग प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल फ्रान्सको स्थानिय समय अनुसार राती ९:१० बजे हुने ।  नेपाली समय अनुसार पौने १२ बजे प्रिन्सको खेल हुनेछ ।

प्रिन्स समूहको पहिलो खेलमा विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टोर एक्सेलसनसँग २-० ले पराजित भएका थिए । गुएनले भने पहिलो खेलमा इजरायलका मिसा जिरब्यानलाई २-१ ले पराजित गरेका थिए ।

पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडीले भाग लिएकोमा ३ खेलाडीको चुनौती पहिलो चरणमै समाप्त भएको छ । टेबलटेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा पहिलो चरणबाटै बाहिरिए ।

मनिता र प्रिन्स बाहेक नेपालबाट अब पौडीका एलेकज्यान्डर शाह र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ ।

पेरिस ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय