+
+

मिस माल्टाको टोली काठमाडौंमा, एयरपोर्टमा पञ्चैबाजा र ढाकाटोपीले स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते ११:२४

काठमाडौं । द हिडन ट्रेजरको निम्तोमा मिस माल्टाको टोली सोमबार बिहान काठमाडौं आइपुगेको छ । मिस माल्टा चेरिस स्पिटेरीसहितको पाँच सदस्यीय टोली साता लामो भ्रमणका लागि आएको हो ।

टर्किस एयरलाइन्सको विमानबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको टोलीलाई पर्यटन बोर्डका सदस्य र कर्मचारीले स्वागत गरे । उनीहरुलाई ढाकाटोपी र पञ्चैबाजाले स्वागत गरिएको थियो ।

यो टोली आगामी शनिबार आयोजना हुने मिस नेपालको ग्रान्ड फिनालेमा सहभागी हुनेछ । द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले फिनालेको छेको पारेर नेपाल आउन संस्थाले निम्तो दिएको बताए ।

त्यसअघि मिस माल्टाको टोली काठमाडौं र चितवनका पर्यटकीय क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । पछिल्लो समय युरोपको टापु मुलुक माल्टामा नेपाली कामदारको संख्या बढेसँगै भएको मिस माल्टाको यो भ्रमणले दुई मुलुकको द्विपक्षीय हितमा फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल भ्रमणमा आएका मिस माल्टा चेरिस स्पिटेरीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा स्वागत गरिंदै

मिस माल्टाको टोली साउन २२ मा स्वदेश फर्किने कार्यक्रम छ ।

तस्वीर : किरणराज बिष्ट / रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?