+
+

फिल्ममा आर्यनको व्यस्तता, ‘घर नम्बर २’ मा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते ११:५१

काठमाडौं । अभिनेता आर्यन सिग्देल पछिल्लो समय फिल्ममा व्यस्त हुन थालेका छन् । ‘पुजार सार्की’ले दिएको सफलता सेलिब्रेसन गरिरहेका उनी नयाँ फिल्ममा जोडिएको खबर छ ।

दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्म ‘के घर के डेरा : घर नम्बर २’ को मुख्य भूमिकामा उनी अनुबन्धित भएको जनाइएको छ । यसअघि फिल्ममा खगेन्द्र लामिछाने र निश्चल बस्नेतपछि सिग्देल यो सोसल-ड्रामा फिल्ममा जोडिएका हुन् ।

आर्यन र निर्माताबीच लिखित सम्झौता भएको छ । फिल्ममा उनको भूमिकाबारे केही खुलाइएको छैन । तर उनी आफ्नो भूमिका र फिल्मलाई लिएर उत्साही सुनिए ।

आर्यनको पछिल्लो फिल्म ‘पुजार सार्की’ घरेलु बक्स अफिसमा सफल रह्यो । यो फिल्मले उनको संकटग्रस्त करिअरलाई उकासेको बताइएको छ । त्यसयता फिल्ममा आर्यनको डिमान्ड बढ्न थालेको देखिन्छ ।

‘छक्कापञ्जा ५’ मा समेत आर्यनले अभिनय गरेको चर्चा छ । तर यसबारेमा निर्माताले स्वतन्त्र पुष्टि गरेका छैनन् । ‘के घर के डेरा’को यो दोस्रो श्रृंखलाको छायांकन साउन २५ गतेदेखि सुरु हुने जनाइएको छ ।

यो फिल्ममा दुई अभिनेत्री तय हुन बाँकी रहेको निर्माताले जनाएका छन् । ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रिएसनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको पटकथा बुद्धिसागरले लेखेका हुन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । कार्यकारी निर्माता युवराज कार्की हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?