+
+

मेटाले ल्यायो सबैभन्दा शक्तिशाली एआई

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १३:०७

फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स पेस गरेको छ ।

मेटाका सीईओ मार्क जुरकबर्गले कम्पनीको सर्वाधिक शक्तिशाली ओपन सोर्स एआई मोडेल Llama 3.1 को घोषणा गरेका हुन् ।

उक्त एआई अहिलेसम्मकै सबैभन्दा एडभान्स ओपन सोर्स एआई प्रारुप भएको बताइएको छ । साथै मेटाले तयार गरेको हालसम्मकै विकसित एआई मोडेल पनि हो ।

योसँगै मेटाले आफूलाई गुगल, अमेजन तथा च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईसँगै आफूलाई उभ्याउनसक्ने भएको छ ।

इन्स्टाग्राममा अपलोड गरिएको भिडियोमा जुकरबर्गले भनेका छन्- हामीले एउटा अर्को ठुलो एआई सार्वजनिक गर्दैछौं। हामी यस्तो बाटोमा छौं जहाँ यो वर्षको अन्त्यसम्ममा हाम्रो एआई असिस्टेन्टको प्रयोग संसारभर सबैभन्दा धेरै हुनेछ ।

करोडौं मानिसहरुले दिनहुँ मेटाको एआई प्रयोग गर्ने भन्दै उनले यो एआई मोडेल छिटै नै धेरैभन्दा धेरै देशहरुमा उपलब्ध गराइने बताएका छन् ।

Llama 3.1 र Llama 3 मा के फरक छ ?

मार्क जुकरबर्गका अनुसार नयाँ एआई मोडेलले अझै धेरै भाषाहरुलाई सपोर्ट गर्नुका साथै कठीन प्रश्नहरुको पनि जवाफ दिन समर्थ हुनेछ ।

यो पुरानो संस्करणको तुलनामा एक राम्रो विकल्पको रुपमा रहेको उनको भनाइ छ । कम्पनीले यसमा एउटा यस्तो फिचर सामेल गरेको छ, जसको सहयोगमा तस्वीर सिर्जना गर्न सकिन्छ।

कम्पनीका अनुसार नयाँ संस्करणलाई तीनवटा प्यारामिटरमा रिलिज गरिएको छ । ४०५ अर्ब प्यारामिटरमा Llama 3.1 पेस गरिएको छ, जुन पहिलो सीमान्त स्तरको ओपन सोर्स एआई मोडेल हो । यसका अलावा Llama 3.1 सँगै ७० अर्ब तथा ८ अर्ब प्यारामिटर मोडेल पनि रहेका छन् ।

मेटाका अनुसार उसको नयाँ एआई मोडेलले माइक्रोसफ्ट समर्थित ओपन एआई, गुगल अल्फाबेट तथा अमेजन समर्थित एन्थ्रोपिकलाई माथ खुवाउनेछ .

स्मरण रहोस् मेटा सिइओ मार्क जुकरबर्ग ओपन सोर्स एआई मोडेलको खरो समर्थकको रुपमा रहेका छन् । उनको यही नीतिले गर्दा अन्य बन्द मोडेल निर्मातासँगको प्रतिस्पर्धामा मेटालाई बलियो बनाउनेछ ।

मेटाको नयाँ एआई मोडेल Llama 3.1 ह्वाट्सएप तथा मेटा एआई प्रयोगकर्ताका साथै अमेजन वेब सर्भिस, एनभिडिया, माइक्रोसफ्ट Azure तथा गुगल क्लाउडमा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?