+
+

‘विवादित’ दृश्य नहटाएसम्म ‘घरज्वाइँ’ नचलाउन हललाई तमु धिंको पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १२:५५
पोखराको मिडटाउन सिनेमा हल

काठमाडौं । फिल्म ‘घरज्वाइँ’मा समावेश एक दृश्यलाई लिएर विवाद चर्किएको छ । यो विवाद चर्किंदै गर्दा पोखरास्थित गुरुङ समुदायको संस्था तमु धिं नेपालले स्थानीय एक हललाई पत्र लेख्दै अनिश्चितकालका लागि हल बन्द गरिदिन भन्दै चेतावनीसहितको पत्र लेखेको छ ।

संस्थाका अध्यक्ष हुम गुरुङले मिडटाउन सिनेमाजलाई पत्र लेख्दै फिल्ममा समावेश रोधिं शब्द नहटाएसम्म वा संशोधन नगरेसम्म गण्डकी प्रदेशमा कुनै पनि फिल्म प्रदर्शन हुन नदिने चेतावनी दिएको छ ।

मिड टाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वाले पत्र प्राप्त भएपछि अहिले ‘घरज्वाइँ’को शो होल्डमा राखिएको बताए । विवादित दृश्य हटाएर मात्र फिल्मको फाइल पठाउन आफूले निर्माता र वितरकलाई भनेको सञ्चालक द्वाले बताए ।

तमु धिंको पत्रमा विवादित दृश्य हटाउन निर्मातालाई पटक-पटक भनिएको तर बेवास्ता गरिएको उल्लेख छ ।

यो घटनामा प्रदर्शकको छाता संस्था चलचित्र संघले पनि चासो दिएको छ । संघका प्रवक्ता तथा महासचिव सुरेन्द्र थापाले यसबारे प्रदर्शकसँग बुझ्ने काम भइरहेको बताए ।

यसैबीच, फिल्म ‘घरज्वाइँ’को विवादबारे छलफल गर्न केन्द्रीय चलचित्र जाँच समिति (फिल्म सेन्सर बोर्ड)ले तमु धिं नेपाल र फिल्मका निर्माता-निर्देशकलाई छलफलका लागि सोमबार दिउँसो कार्यालयमा बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?