+
+

कृष्णमानलाई अनुमोदन गर्न नसक्ने कांग्रेस र एमालेको निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १४:०९

१४ साउन, काठमाडौं । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्न नसक्ने निष्कर्ष निकालेका छन् ।

बिहान ११ बजे बोलाइएको संसदीय सुनवाइ समितिको बैठक स्थगित गरेर दुवै दलका सांसदहरु आन्तरिक छलफलमा जुटेका थिए । कांग्रेस र एमालेको छुट्टाछुट्टै छलफलपछि संयुक्त बैठक बसेको थियो ।

उक्त संयुक्त बैठकले कृष्णमानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्न नसक्ने निष्कर्ष निकालेको एक सांसदले जानकारी दिए ।

सुनुवाइ समितिको बैठक साँझ ५ बजे बोलाइएको छ । त्यसबेलासम्म कृष्णमानले आफ्नो नाम फिर्ता नलिए सुनुवाइ समितिले अनुमोदन नगर्ने निर्णय लिने ती सदस्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?