+
+

रास्वपा सांसदको गुनासो : मृत्युमा पनि विभेद हुँदो रहेछ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १४:०७

१४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले नेपालमा हवाइ र सडक दुर्घटनामा मृत्यु हुने नागरिकबीच विभेद भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले सडक र हवाइ यात्रा दुबै असुरक्षित रहेको टिप्पणी गरे । ‘उड्नेबाट यात्रा गरे लास नै नचिनिने र गुड्नेबाट यात्रा गरे लास नै नभेटिने । कति असुरक्षित छ यात्रा हाम्रो देशमा’, उनले भने ।

गत बुधबार त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

त्यसअघि चितवनको सिमतालमा पहिरोसँगै दुई वटा बस त्रिशुलीमा खस्दा ६५ जना बेपत्ता भएका थिए ।

सरकारले जहाज दुर्घटनापछि राष्ट्रिय शोक घोषणा गर्ने लगायतका कार्य गरेको तर, त्रिशुलीमा ६५ जना वेपत्ता हुँदा त्यस्तो केही नगरेको भन्दै रास्वपाका सांसद नेपालीले मृत्युमा पनि विभेद हुने गरेको बताए ।

‘मृत्युले विभेद देखेको दिन, अब उप्रान्त यस्तो दिन नआओस्’, सांसद नेपालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?