+
+

सगरमाथा क्षेत्र प्रवेशमा गाउँपालिकाले लिने पर्यटक शुल्क बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १४:४२

१४ साउन, काठमाडौं । सगरमाथा क्षेत्र प्रवेशमा गाउँपालिकाले पर्यटकसँग लिने शुल्क बढेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ बाट लागु हुने गरी पर्यटक शुल्क बढाएको हो ।

यसअघि सबै पर्यटकसँग प्रतिव्यक्ति २ हजार रुपैयाँ लिने गरेकोमा अब सार्क र चीनबाहेक देशका नागरिकसँग लिइने शुल्क ३ हजार रुपैयाँ पुर्‍याइएको छ । सार्क क्षेत्र र चिनियाँसँग लिने शुल्क भने २ हजार रुपैयाँ यथावत छ ।

गाउँपालिकाको आर्थिक ऐन २०८१ को अनुसूची १३ अनुसार उक्त शूल्क कायम गरिएको गाउँपालिकाले जनाएको छ । यो गाउँपालिका भ्रमण गर्ने विदेशी नागरिकसँग गाउँपालिका स्थापना भएयता नै २ हजार शुल्क कायम गरिएको थियो ।

स्थानीय तहले कूटनीतिक विशिष्ट व्यक्ति र १० वर्ष मुनिका बालबालिकालाई भने कागजातका आधारमा निःशुल्क प्रवेश दिइने गाउँपालिकाको निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?