+
+

निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइबाट अस्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १८:०३

१४ साउन, काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो।

सोमबार सुनुवाइ समितिको बैठक बस्नुअघि नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए । समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रस्तावित व्यक्ति स्वयंबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि अफ्नो उम्मेदवारी कायम राख्न नचाहेको भन्दै समितिले उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो ।

२ असारमा संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइका क्रममा एक महिलाले प्रधानले आफूलाई यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।

समितिले उजुरीकर्ता महिला र प्रधानसँग पनि यसबारेमा छलफल गरे पनि निर्णय गर्न ढिलाइ गरिरहेको थियो । सोमबार संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुको छलफलले प्रधानको नाम अनुमोदन गर्न नसक्ने निश्कर्ष निकालेको थियो ।

त्यसपछि प्रधानले आफैं नाम फिर्ता लिएर संसदीय समितिको सचिवालयमा निवेदन दिएका थिए । अन्तिममा त्यसै निवेदनलाई आधार बनाएर समितिले प्रधानको नाम अनुमोदन नहुने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?