+
+

द्विपक्षीय व्यापार सम्बन्ध सुदृढ बनाउनुपर्छ : ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १८:०८

१४ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र थाइल्यान्डबीच लामो समयदेखिको सम्बन्ध औंल्याउँदै द्विपक्षीय व्यापार सम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

भारत नयाँदिल्लीस्थित थाई ट्रेड सेन्टरका निर्देशक र वाणिज्य परामर्शदाता सुछिरा पञ्चनासँग सोमबार महासंघ सचिवालयमा भएको भेटमा ढकालले नेपाल र थाइल्यान्डबीच मित्रता र सहकार्यको लामो इतिहास रहेको र व्यापारिक सम्बन्धले यस दिगो सम्बन्धलाई प्रमाणित गरेको बताए ।

ढकालले विगत वर्षदेखि नेपाल र थाइल्यान्डबीच व्यापारको परिमाण निरन्तर वृद्धि भएको र सन् २०२३ मा द्विपक्षीय व्यापार करिब १५ करोड अमेरिकी डलर पुगेको उल्लेख गर्दै दुवै देशका लागि सम्भावना र अवसरहरूको संकेत गरेको बताए ।

ढकालले नेपाल र थाइल्यान्डबीच सहकार्य अभिवृद्धिका लागि विभिन्न क्षेत्रमा जोड दिएका थिए । नेपाल चिया, कफी र जडीबुटी जस्ता उच्च गुणस्तरका कृषि उत्पादनमा धनी भएको र थाइल्यान्डको उन्नत खाद्य प्रशोधन प्रविधि सदुपयोग गरेर यी उत्पादनलाई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन सहयोग पुर्‍याउन सकिने ढकालले बताए ।

ढकालले नेपाल र थाइल्यान्ड दुवै देशका आ–आफ्ना छुट्टै र विविधतायुक्त पर्यटकीय गन्तव्यका लागि प्रख्यात भएकाले दुवै देशले संयुक्त बजारीकरण अभियान र दुवै देशका गन्तव्यलाई समेट्ने पर्यटन प्याकेज विकास गरी थप पर्यटक भित्र्याउन र पर्यटन क्षेत्र प्रवद्र्धन गर्न सकिने बताए ।

भेटमा सुचिरा पञ्चनाले थाई ट्रेड सेन्टरले आगामी वर्ष नेपालमा व्यापार मेला तथा गोष्ठी गर्ने योजना रहेको बताइन् । उनले व्यापार मेला तथा गोष्ठी आयोजना गर्न उद्योग वाणिज्य महासंघसँग सहयोगको अपेक्षा रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?