+
+

रुपन्देहीका ५५३ भूमिहीनलाई लालपुर्जा वितरण

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १८:२४

१४ साउन काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वर्षौंदेखि बसोबास गरिरहेका तर लालपुर्जा पाउन वञ्चित रुपन्देहीका ५ सय ५३ स्थानीयवासिन्दालाई लालपुर्जा वितरण गरेका छन् ।

मन्त्री अधिकारीले सोमबार रुपन्देही सियारी गाउँपालिकाका १९ वटा गाँउ ब्लकको नापी नक्सा पूरा भएका ५ सय ५३ लालपुर्जा वितरण गरेका हुन् । वषौंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा भोगेको समस्याबाट मुक्ति पाएको स्थानीयले बताए ।

लालपुर्जा वितरण कार्यक्रममा मन्त्री अधिकारीले भूमि आयोग गठन अन्तिम तयारीमा रहेको बताए । भूमिहीनको समस्या स्थायी रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सरकारले ५ लाख भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको उनले बताए । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले मन्त्री अधिकारीका कारण लालपुर्जा वितरण सम्भव भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?