+
+

१८ देशमा राजदूत सिफारिस, भारतमा शंकर शर्मालाई नै निरन्तरता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते २०:१०
राजदूतमा सिफारिस भएकाहरु बायाँबाट क्रमश: भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि कृष्णप्रसाद ओली र बेलायतका लागि चन्द्र घिमिरे ।

१४ साउन, काठमाडौं । मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले ५ देशको राजदूतलाई फिर्ता बोलाउने र १८ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

स्रोतका अनुसार चीन, रुस, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाएको छ । ‘माओवादी र एकीकृत समाजवादीको कोटामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाइएको हो’ अर्का एक मन्त्रीले भने ।

चीनमा लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रुसका लागि मिलन तुलाधर र अष्ट्रेलियाका लागि राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाइएको छ । श्रीलंकाका लागि राजदूत बासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई फिर्ता बोलाउने निर्णय भएको छ ।

भारतमा शर्माकै निरन्तरता, अमेरिकामा रेग्मी

मन्त्रिपरिषद्को बैठकले १८ देशका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

स्रोतका अनुसार भारत, चीन, अमेरिका, बेलायत, रुस, दक्षिण कोरिया, कतार, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, अष्ट्रेलिया, साउदी अरब, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत सिफारिस गरिएको हो ।

भारतका लागि नेपाली राजदूतमा शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ ।

प्रचण्ड सरकारले २४ जेठमा शर्मासहित ११ देशका राजदूत फिर्ता बोलाएको थियो । १७ असारमा नयाँ गठबन्धन बनेपछि कांग्रेसले भारतका लागि राजदूतमा शर्मालाई निरन्तरता दिन चाहेको थियो । तर प्रधानमन्त्री ओलीले एमाले सम्मिलित सरकारले फिर्ता बोलाउने निर्णय गरेको भन्दै अर्को नाम मागेको थियो ।

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्व मुख्य सचिव एवं सुरक्षा परिषद्‍मा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको नाम अघि सारेका थिए । तर अन्तिम समयमा शर्माकै नाम टुंगिएको छ ।

अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी सिफारिस भएका छन् । बेलायतका लागि नेपाली राजदूत भइसकेका उनले प्रचण्ड सरकारले एमालेको कोटामा भारतका लागि राजदूत सिफारिस गरेको थियो । तर नयाँ गठबन्धनमा भएको भागबण्डामा भारत कांग्रेसले लिएपछि रेग्मी अमेरिका पुगेका हुन् ।

यस्तै पूर्व सचिव चन्द्र घिमिरेलाई बेलायतका लागि राजदूत सिफारिस गरिएको छ । प्रचण्ड सरकारले उनलाई एमालेको कोटामा अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो । तर राजदूत सिफारिसको निर्णय कार्यान्वयन नहुँदै सरकार फेरिएपछि उनी राजदूत भएर जाने देश पनि फेरिएको छ ।

चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली, दक्षिण कोरियाका लागि पूर्वमन्त्री शिवमाया तुम्बाहाङ्फे र मलेसियाका लागि नेपाली राजदूतमा डा. नेत्र तिमल्सिना सिफारिस भएका छन् ।

तिमल्सिना यसअघि पनि मलेसियाका लागि नै राजदूत सिफारिस भएका थिए । यस्तै सनिल नेपाल पनि राजदूत सिफारिस भएका छन् ।

प्रचण्ड सरकारले पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेर उनको नाम सिफारिस गरेको थियो । नियुक्त प्रक्रिया पूरा गरेर पोर्चुगल जाने तयारीमा रहेका बेला प्रचण्ड सरकारलाई ११ राजदूत फिर्ता बोलाउँदा उनी पनि परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?