+
+

ओपन एआईले ल्यायो सर्च जिपिटी, गुगललाई झट्का

एजेन्सी एजेन्सी
२०८१ साउन १५ गते ६:५५

इन्टरनेट सर्च इन्जिनमा गुगलको वर्षौंदेखिको प्रभुत्वलाई टक्कर दिनका लागि च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईले आफ्नै सर्च इन्जिन सार्वजनिक गरेको छ । ओपन एआईको उक्त सर्च इन्जिनको नाम सर्च जिपिटी रहेको छ ।

माइक्रोसफ्ट लगानीको कम्पनी ओपन एआईले हालका लागि सर्च जिपिटीलाई परीक्षणका रुपमा सीमित प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ ।

यो सर्च इन्जिन आर्टिफिसियल इन्टेलिजेन्समा आधारित रहेको छ । सुरुवातमा केही प्रयोगकर्ताले मात्रै यो सर्च इन्जिन प्रयोग गर्न पाउनेछन् ।

एक ब्लग पोष्टमा कम्पनीले जनाए अनुसार यसको प्रतिक्षा सूचीमा बस्नका लागि निवेदन दिन सकिनेछ ।

ब्लग पोस्टमा लेखिएको छ-हामीले सर्च जिपिटीको परीक्षण गरिरहेका छौं जुन नयाँ एआई सर्च फिचरको प्रोटोटाइप हो । यसले तपाईंलाई छिटो तथा रियल टाइममा जवाफ दिनेछ, जुन सम्बन्धित स्रोतसँग जोडिएको हुनेछ ।

हामीले यसलाई प्रयोगकर्ताको सानो समूहका लागि लञ्च गर्दैछौं र उनीहरूबाट हामीलाई पृष्ठपोषण प्राप्त हुनेछ र त्यो अनुभवलाई हामीले च्याट जिपिटीमा आबद्ध गर्नेछौं ।

सर्च जिपिटीका लागि कम्पनीले विभिन्न प्रमुख प्रकाशकहरुसँग सहकार्य गरेको छ । गुगलले आफ्नो सर्चमा एआईलाई आबद्ध गर्न थालेको बेला ओपन एआईले सर्च जिपिटी लञ्च गरेको हो ।

अहिले गुगलमा सर्च गर्दा कतिपय जवाफहरु एआई सिर्जित हुने गरेका छन् । तर धेरै मानिसहरुले गुगल सर्चमा एआईलाई आबद्ध गरेको रुचाएका छैनन् ।

गुगल सर्चलाई टक्कर देला ?

ओपन एआईका अनुसार सर्च जिपिटीले अद्यावधिक जानकारी दिनेछ, जुन इन्टरनेटमा उपलब्ध हुनेछ । सर्च जिपिटीले आफुलाई च्याट जिपिटीबाट अलग राख्नेछ, किनकि यसमा पारम्परिक सर्च इन्जिन जस्तो इन्टरफेस हुनेछ । साथै क्लिक गर्न सकिने बाह्य वेब लिंकहरु पनि त्यहाँ उपलब्ध हुनेछन् ।

साम अल्टम्यान नेतृत्वको कम्पनी ओपन एआईले सर्च जिपिटीको माध्यमबाट सिधा गुगललाई चुनौती दिने अपेक्षा गरिएको छ । यसबाट गुगलको व्यवसायिक मोडेलमा पनि असर पर्नेछ, जुन अधिकांशतः विज्ञापनमा निर्भर हुन्छ।

विज्ञापनका माध्यमबाट गुगलले हरेक वर्ष १ खर्ब ७५ अर्ब डलर आम्दानी गर्ने गरेको छ । यदि ओपन एआईको सर्च इन्जिन सफल भएमा त्यो गुगलका लागि ठुलो चुनौती बन्ने निश्चित छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?