+
+

अश्लीलता फैलाउने ६३ हजार इन्स्टाग्राम अकाउन्ट बन्द

एजेन्सी एजेन्सी
२०८१ साउन १५ गते ७:०३

मेटा कम्पनीले बुधबार एउटा महत्वपूर्ण जानकारी सार्वजनिक गरेको छ । मेटाले करिब ६३ हजार इन्स्टाग्राम अकाउन्टलाई आफ्नो प्लाटफर्मबाट हटाइदिएको छ । ती सबै अकाउन्टहरु अश्लील गतिविधिसँग सम्बन्धित रहेको मेटाको भनाइ छ ।

उक्त घटना स्क्यामसँग सम्बन्धित थियो र अफ्रिकी देश नाइजेरियामा भएको थियो । त्यसपछि उक्त देशको सम्बन्धित निकायले मेटामाथि २२ करोड जरिवाना लगाएको थियो ।

डिलिट गरिएका अकाउन्टको सञ्जालमा २५ सय प्रोफाइलको पहिचान गरिएको छ, जसमा २० जना मानिसको एउटा समूह सामेल थियो । यसमा १३ सय वटा फेसबुक अकाउन्ट, २ सय वटा फेसबुक पेज तथा ५ हजार ७ सय वटा फेसबुक ग्रुुपलाई पनि डिलिट गरिएको छ । तिनीहरू यस्ता गतिविधिको माध्यमबाट स्क्याममा सामेल भएका थिए ।

अश्लील गतिविधिहरुमा सामेल उक्त समूहले विपरीत लिंगका मानिसहरुलाई अश्लील तस्वीर पठाएर धम्क्याउने गर्दथ्यो र पैसाको माग पनि गर्दथ्यो । साथै पैसा नदिएमा तस्वीरहरु सार्वजनिक गर्ने भनेर ब्ल्याकमेल गर्ने गरेको पाइएको छ ।

मेटाका अनुसार उक्त समूहले धेरैजसो अमेरिकी पुरुषहरुलाई आफ्नो सिकार बनाएको थियो र आफ्नो पहिचान लुकाउने गर्दथ्यो । वयस्क पुरुषहरुलाई सिकार बनाउन नसकेपछि उक्त समूहले किशोर किशोरीहरुलाई निसाना बनाउन सुरु गर्‍यो ।

आफ्ना सोसल मिडिया प्लाटफर्ममा यस्ता खालका अपराधको रोकथामका लागि मेटाले गत अप्रिलमा एउटा एआईमा आधारित प्रविधिको परीक्षण गरेको थियो । यो फिचरले इन्स्टाग्राममा किशोरावस्थाका प्रयोगकर्तालाई यस्ता गतिविधिहरुबाट बँचाउने काम गर्दछ । मेटाले यसका अलावा कानुनी संयन्त्रहरुसँग नि काम गरिरहेको छ ताकि अपराधहरु रोक्न सकियोस् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?