+
+

मिस नेपालको फिनालेमा सहभागी हुन मिस इन्टरनेसनल एन्ड्रिया रुबियो नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १२:२७

काठमाडौं । मिस नेपालको ग्राण्ड फिनालेमा सहभागी हुन मिस इन्टरनेसनल एन्ड्रिया रुबियो बिहीबार नेपाल आउने भएकी छन् । शनिबार गोदावरीमा हुने मिस नेपालको ग्राण्ड फिनालेमा उनी अतिथिको रुपमा सहभागी हुने द हिडन ट्रेजरले जनाएको छ ।

भेनेजुएलाबाट आउन लागेकी रुबियो ६ दिन नेपालमा बस्नेछिन् । उनको नेपाल बसाइको थप योजना खुलाइएको छैन, यद्यपि उपत्यकाका पर्यटकीय सम्पदाको भ्रमण हुनसक्ने द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले जानकारी दिए ।

मिस इन्टरनेसनलको उपाधि जित्ने उनी नवौं भेनेजुएलन सुन्दरी हुन् । काराकासमा जन्मिएकी २५ वर्षीया रुबियो अंग्रेजी र स्पेनी राम्रोसँग बोल्छिन् । उनको उचाइ ५ फिट ७ इन्च छ ।

सोही दिन मिस इन्टरनेसनलका कार्यकारी निर्देशक स्टिफिन डायल्स पनि मिस नेपालको ग्राण्ड फिनालेमा सहभागी हुन जापानबाट आउँदैछन् । रुबियो र डायल्स साउन २२ गते स्वदेश फर्किने कार्यक्रम छ ।

द हिडन ट्रेजरको निम्तोमा मिस माल्ट चेरिस स्पिटेरी सोमबार नै काठमाडौं आइपुगेकी छन् । स्पिटेरी पनि ग्राण्ड फिनालेमा अतिथिको रुपमा सहभागी हुने कार्यक्रम छ ।

यस वर्षको मिस नेपालको ग्राण्ड फिनाले शनिबार गोदावरीमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?