+
+

बालकुमारी घटना : डीएसपी र असईको निलम्बन फुकुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १३:२०
फाइल तस्वीर

१५ साउन, काठमाडौं । ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान गएको घटनामा निलम्बन परेका दुई प्रहरीको निलम्बन फुकवा भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्साल र तत्कालीन भौतिक योजना तथा यातायत मन्त्री प्रकाश ज्वालाका पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) प्रहरी सहायक निरीक्षक (असई) बोधराज अधिकारीको निलम्बन फुकवा भएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले निलम्बन फुकवाका लागि कानूनले शाखाले लेखेर पठाइसकेको बताए । उनका अनुसार कानून शाखाले लेखेपछि सम्बन्धित मातहतको कार्यालयले प्रहरी अधिकारीको निलम्बन फुकुवा गर्नुपर्ने गरी नियमित कामकाजमा खटाउनुपर्ने हुन्छ ।

१३ पुस २०८० मा बालकुमारीको ईपीएस शाखाअघि पानी जहाज निर्माण क्षेत्रतर्फ भाषा परीक्षा दिएर असफल भएकाहरूले उत्पादनमुलक क्षेत्रतर्फ पनि भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका थिए । सोही क्रममा गोली चल्दा अछामको चौरपाटी गाउँपालिका–१ घर भएका २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ घर भएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

दुई जनाको ज्यान जाने गरी भएको उक्त घटनामा राम्रोसँग जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै डीएसपी लम्साल र असई दनुवारलाई निलम्बन गरिएको थियो ।

प्रहरी नियमावली २०७१ अनुसार कुनै पनि प्रहरी कर्मचारीलाई ६ महिनाभन्दा निलम्बन गर्न नमिल्ने उल्लेख छ । जसकारण उनीहरुको निलम्बन फुकुवा बाध्यकारी पनि बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?