+
+

‘डेडपुल एण्ड वुल्भरिन’ बन्यो धेरै ओपनिङ गर्ने चौथो सुपरहिरो फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १३:३२

काठमाडौं । हलिउड सुपरहिरो फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’ले उत्तर अमेरिकासहित विश्व बक्स अफिसमा इतिहास रचेको छ । पहिलो सप्ताहन्त २११ मिलियन डलर कमाउँदै यो फिल्म अमेरिकामा अहिलेसम्मकै छैटौं धेरै ओपनिङ गर्ने फिल्म बन्यो ।

यो ओपनिङको आँकडा ‘आर रेटेड’ फिल्मको इतिहासमा पहिलो रहेको हलिउड रिपोर्टर म्यागेजिनले जनाएको छ । यो कमाइ धेरै ओपनिङ गर्ने चौथो सुपरहिरो फिल्म हो । डेडपुलको पहिलो भागले उत्तर अमेरिकामा १३३.७ मिलियन डलर कमाएको थियो ।

यो फिल्मले ५५ अन्तर्राष्ट्रिय बजारमा २३३.१ मिलियन डलर कमायो । पहिलो सप्ताहन्त यो फिल्मले विश्वबजारमा ४३८.८ मिलियन डलरको ओपनिङ गर्‍यो ।

ह्युग ज्याकम्यान र रायन रेनोल्ड्स स्टारर फिल्मले भारतीय बक्सअफिसमा चार दिनमा ७३.६५ करोड भारु कमाएको छ ।

सन् २०२१ डिसेम्बरमा रिलिज भएको सोनीको ‘स्पाइडरम्यान : नो वे होम’पछि यो ओपनिङ उच्च रहेको जनाइएको छ । यो फिल्मले ‘अवतार २’ को कमाइलाई पनि उछिनेको छ । अवतार : द वे अफ वाटरले विश्व बजारमा विश्वभर ४३९ मिलियन डलरको ओपनिङ गरेको थियो ।

‘डेडपुल एण्ड वुल्भरिन’ शुक्रबार नेपालमा रिलिज हुने एप्पल इन्टरटेनमेन्टले जनाएको छ । यसको औपचारिक जानकारी भने आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?