+
+

म्याङलुङ र धनकुटामा प्रभु बैंकको नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १३:४७

काठमाडौं । प्रभु बैंक लिमिटेडले तेह्रथुमको म्याङलुङ र धनकुटा नगरपालिकामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

बैंकका अनुसार १३ साउनदेखि तेह्रथुमको म्याङलुङ नगरपालिका–१ मा ३०८ औं र धनकुटा नगरपालिका–७ स्थित हुलाक टोलमा ३०९ औं शाखा विस्तार गरेको हो ।

बैंकको म्याङलुङ शाखा र धनकुटा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?