+
+

मन्त्री नगएपछि प्रतिनिधि सभाको बैठक एक घण्टा ढिला

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १४:०७

१५ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नमा एक घण्टा ढिलाइ भएको छ । मंगलबार दिउँसो १ बजे बोलाइएको बैठक दुई बजे मात्रै सुरु हुन सक्यो ।

‘मन्त्री बिना प्रतिनिधि सभाको बैठक बस्न सक्दैन । कुर्दाकुर्दै एक घण्टा ढिलो भयो’, संघीय संसद सचिवालयका एक अधिकारीले भने ।

प्रतिनिधि सभा नियमावलीले सभाको बैठक बस्नका लागि मन्त्रीको उपस्थिति अनिवार्य गरेको छ ।

‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेछ र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री समेत अनिवार्य उपस्थित हुनुपर्नेछ’,  प्रतिनिधि सभा नियमावलीको नियम ६ को उपनियम ५ मा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?