+
+

त्रिविले ल्यायो २६ अर्बको बजेट

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १४:१०

१५ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभाले शैक्षिक सत्र २०८१/८२ को लागि २६ अर्बभन्दा बढीको बजेट पास गरेको छ ।

मंगलबारको सभामा त्रिवि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २६ अर्ब १६ करोड ८७ लाखको बजेट पेस गरेका हुन् ।

त्रिविले नियमित कार्यक्रमतर्फ चालु र पुँजीगत गरी १३ अर्ब ७१ करोड ९७ लाख ८७ हजार खर्च हुने जनाएको छ ।

आन्तरिकतर्फ चालु तथा पुँजीगत गरी ११ अर्ब ३९ करोड ८९ लाख र विकास कार्यक्रममा १ अर्ब खर्च हुने जनाएको छ ।

सभाले नियमित कार्यक्रममा हुने कुल खर्चमध्ये आन्तरिक आम्दानीबाट १ अर्ब ५७ करोड ६१ लाख ७० हजार बेहोर्ने र बाँकी १२ अर्ब १४ करोड ३६ लाख विश्वविद्यालय अनुदान आयोगमार्फत नेपाल सरकारसँग अनुदान माग गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?