+
+

एकै दिनमा बागलुङमा प्रभु बैंकका ४ नयाँ शाखा विस्तार 

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १४:२५

काठमाडौं । प्रभु बैंक लिमिटेडले एकै दिनमा बागलुङमा चार वटा नयाँ शाखा विस्तार गरेको छ ।

१४ साउनमा बागलुङको ढोरपाटन नगरपालिका–७ स्थित बोवाङ, निसीखोला गाउँपालिका–५ स्थित निसी, बडीगाड गाउँपालिका–२ स्थित खरबाङ र बडीगाड गाउँपालिका–७ स्थित भिमगिठेमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

नयाँ शाखा कार्यालहरूको उद्घाटन बैंकका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनले गरेका हुन् ।

व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरिएको बैंकको भनाइ छ ।

नयाँ शाखा कार्यालयहरूबाट स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले आधुिनक बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?