+
+

लेखा समितिका सभापतिले ट्रंकलाइन सुविधा लिएका र बक्यौता रहेका व्यापारीलाई भेटेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १४:४७

१५ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधवप्रसा सापकोटाले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएका र बक्यौता रहेका व्यापारीलाई भेटेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद सापकोटाले रहस्यमय भेट भएको भन्दै उनले छानबिनको माग गरे ।

‘डेडिकेटेड फिडर र ट्रंकलाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ । तर, उक्त समितिका सभापति र झगडियाहरुमध्ये बक्यौता समेत कायम रहेका एक जना व्यापारिका बीचमा रहस्यमय भेट भएको सूचना आएको छ । पदीय दुरुपयोगको यस घटनाको गम्भीरतापूर्वक छानबिनका लागि जोडदार माग गर्दछु’ सांसद सापकोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?