+
+

बोक्सी कुप्रथाविरुद्धको फिल्म ‘अग्निदहन’ मंसिर ७ मा प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १५:१७

काठमाडौं । बोक्सी कुप्रथाविरुद्ध सामाजिक सन्देश दिने फिल्म ‘अग्निदहन’को प्रदर्शन मिति अन्ततः तय भएको छ । वर्षौं लामो पर्खाइपछि निर्माताले मंसिर ७ गते फिल्म रिलिज हुने घोषणा गरेका हुन् ।

राष्ट्रपति कार्यालयमा समेत प्रदर्शन गरिएको यो फिल्मलाई देशब्यापी च्यारिटी स्क्रिनिङ गरिएको छ । मंगलबार आयोजित समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदर्शन मिति समेटिएको फिल्मको पोस्टर सार्वजनिक गरे ।

मन्त्री गुरुङले बोक्सी कुपथ्राविरुद्ध फिल्म निर्माण हुनु सह्रानिय कार्य भएको बताए । ‘बोक्सीको आरोपमा धेरै महिला मारिएका छन् । उनीहरुमाथि कुटपिट भएको छ, उनीहरुले आत्महत्या गरेका छन् । अझ भनौं अमानवीय कार्य नै भएको छ’, उनले भने, ‘नेपालमा बोक्सी प्रथाको अन्धविश्वास हटाउन ठूलो चुनौती छ । यो प्रथा हाम्रो शरीरमा रहेको पिलो जस्तै हो । त्यसलाई सबैले मिलेर फाल्नुपर्छ । त्यो अभियानमा यो फिल्म सफल हुन्छ भन्नेमा आशावादी छु ।’

निर्देशक घनश्याम लामिछानेले डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको बताए । ‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं । फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनले भने ।

‘मान्छे कोही पनि बोक्सी हुँदैन’ भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनको लामिछानेको भनाइ छ ।

फिल्मका परिकल्पनाकार कोविदशरण उपाध्यायले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताए । उनका अनुसार फिल्म अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ । वितरक डीसीएनका अशोक शर्माले ‘अग्निदहन’ व्यावसायिक फिल्म नभएको बताए ।

वितरक शर्माले सामाजिक सन्देश समावेश यस्ता फिल्ममा सरकारको पनि सहभागिता हुन आवश्यक रहेको बताए । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले समाजमा अहिले पनि बोक्सीको नामा कुट्ने, पिट्ने जिउँदै जलाउने, मलमुत्र खुवाउनेलगायतका घटनाहरु घटिरहेको बताए ।

फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ ।

फिल्मलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले हेरिसकेका छन् । फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?