+
+

अचानक आँखामा समस्या भएपछि सर्जरी गर्न अमेरिका जाँदै शाहरुख

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १५:२६

काठमाडौं । गत मे २१ मा भारतको अहमदाबादमा आयोजित आइपीएलको क्रममा अभिनेता शाहरुख खानलाई हिट-स्ट्रोक भयो । लगत्तै उनी अस्पताल भर्ना भए र भोलिपल्ट डिस्चार्ज गरियो ।

बलिउड हंगामको रिपोर्टअनुसार अभिनेता यतिबेला पुनः स्वास्थ्यको समस्याले पीडित छन् । यसपटक भने उनको आँखामा समस्या देखिएको छ । जुलाई २९ मा मुम्बईको एक अस्पतालमा आँखाको सर्जरीको लागि उनी गए ।

तर, योजनाअनुसार त्यहाँ सर्जरी हुन सकेन । स्रोतले भन्यो- सुपरस्टारको आँखामा पुगेको क्षतिलाई कम गर्न र थप उपचारका लागि उनलाई अमेरिका लगिनेछ । उनी मंगलबार अमेरिका उड्ने जनाइएको छ ।

स्रोतले शाहरुखको आँखामा कस्तो समस्या भएको हो भन्ने त खुलाएन तर केही भारतीय संचारमाध्यमले शाहरुखको आँखामा मोतियाबिन्दु भएको हुनसक्ने समाचार लेखेका छन् ।

पछिल्लो समय शाहरुखको आँखामा समस्या आएको यो दोस्रोपटक हो । गतसाता अभिनेत्री जस्मिन भासिनले पनि लेन्स लगाएपछि आँखामा समस्या देखियो । दुबै आँखामा पट्टी बाँधेको अभिनेत्रीको तस्वीर भाइरल बनेको थियो ।

अभिनेता खान पछिल्लोपटक फिल्म ‘डंकी’मा देखिएका थिए । उनी छोरी सुहानाको डेब्यु फिल्म ‘किङ’मा पनि देखिनेछन् । छोरा आर्यनको डेब्यु फिल्मको लागि पनि शाहरुखले तयारी गरिरहेको पिंकभिल्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?