+
+

केरला पहिरो अपडेट : ९३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १७:५२
तस्वीर : बीबीसी

१५ साउन, काठमाडौं । दक्षिण भारतको केरला राज्यमा भीषण वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

मंगलबार बिहानै केरलाको वायनाड जिल्लामा गएको पहिरोमा परी कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ ।

पहिरो गएकै स्थानमा ६५ जनाको शव फेला परेको छ । अन्य शव चलियार नदीले बगाएर छिमेक मालाप्पुरमा जिल्ला पुर्‍याएको थियो ।

पहिरोका कारण वायनाड जिल्लाको मुन्दक्कै, अटामाला, चोरलमाला र कुनहोम क्षेत्र प्रभावित भएका छन् ।

भारी वर्षा र पुलहरू भत्केको कारण उद्दार भइरहे पनि समस्या भइरहेको छ । सेना र प्रहरी गरी २०० जना उद्दार कार्यमा संलग्न भएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रदेश स्वास्थ्यमन्त्री विना गोरेजले केही समयपछि क्षतिको यकिन विवरण दिन सकिने प्रतिक्रिया दिएकी छन् । उनले १२५ जना घाइतेको उपचार भइरहेको र २५० जनाको उद्दार गरिएको बताएकी छन् ।

स्थानीयले फरकफरक स्थानमा कम्तीमा तीन ठूला पहिरो गएको बताएका छन् । अहिले पनि त्यहाँ लेदो, ढुङ्गामाटो बगिरहेको छ ।

भारी वर्षाका कारण केरलाका १० जिल्लाका विद्यालय तथा कलेज बन्द गरिएको छ ।

भारत सरकारले पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूको लागि ५० हजार राहत घोषणा गरेको छ ।

सन् २०१८ यतामात्रै केरलाको विभिन्न क्षेत्रमा गएको पहिरोले ४०० जनाको ज्यान गइसकेको छ । २०१९ मा अहिलेको भन्दा १० किलोमिटर पर गएको पहिरोले १७ जनाको ज्यान लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?