+
+

मानव बेचबिखन अनुसन्धानका लागि ३ महिना समय तोक्नुपर्छ : गृहमन्त्री लेखक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १८:३९

१५ साउन, काठमाडौं । मानव बेचबिखन अपराधको अनुसन्धानका लागि ३ महिनाको समय तोक्ने गरी कानुन संशोधन गरिने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मंगलबार जावलाखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री लेखकले उक्त कुरा बताएका हुन् ।

मानव बेचबिखनको अनुसन्धानका लागि २५ दिनको समय पर्याप्त नहुने भन्दै कानुन संशोधन गरेर ३ महिनाको समय बनाइने मन्त्री लेखकको भनाइ छ ।

यो अपराध अन्तर्राष्ट्रिय रुपमै फैलिएको बताउँदै मन्त्री लेखकले यसको दुष्प्रभाव विश्वभर विस्तार भइसकेको बताए । ‘यसका विरुद्धमा शून्य सहनशीलता अपनाउनुपर्छ । सरकारले मानव बेचबिखन विरुद्धको पूरा साथ दिने प्रतिबद्धता गर्दछ,’ मन्त्री लेखकले भने ।

मानव बेचबिखन विरुद्धको लडाइँमा प्रहरी मात्र पर्याप्त नहुने भएकाले नागरिकमा जनचेतना फैलाउन आवश्यक रहेको उनले बताए । ‘प्रहरी घरघरमा पग्न सक्दैन । मानव बेचबिखन विरुद्ध पालिकाले पनि काम गरिदिनुपर्छ,’ लेखकले भने ।

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले मानव बेचबिखनको अपराध नेपालका लागि चुनौतीको विषय बनेको बताए । भिजिट भिसाको नाममा मानव बेचबिखन नियन्त्रणका लागि प्रहरीले कारबाही अगाडि बढाएको पनि उनले बताएका छन् ।

७५३ पालिकाबाट मानव बेचबिखन विरुद्धको अभियानमा सहयोग आवश्यक रहेको उनको भनाइ छ । मानव तस्करी गर्नका लागि दलाल गाउँगाउँमा पुगेको जानकारी आउने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?