+
+

दुईजना सचिवमा बढुवा, दुईको सरुवा 

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १८:४६

१५ साउन, काठमाडौं । सरकारले थप दुई जना सचिवको सरुवा गरेको छ भने कानुन समूहका दुई सहसचिव सचिवमा बढुवा गरेको छ ।

सहसचिव आलोकचन्द्र श्रेष्ठ सचिवमा बढुवा भई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव बनेका छन् । सहसचिव परस्वर ढुंगाना नेपाल कानुन आयोगको सचिव बनेका छन् ।

न्याय सेवा आयोगको बैठकले कानुन सचिव फणिन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको हो ।  लिलादेवी गड्तौला मुख्यसचिव बनेपछि प्रधानमन्त्री कार्यालयमा दरबन्दी रहेको कानुन समूहतर्फको सचिव पद रिक्त थियो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ ।

न्याय सेवा आयोगको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो । न्याय सेवा अन्तर्गतका कानुन समूहका सचिवहरुलाई न्याय सेवा आयोगको निर्णयबाट सरुवा गरिन्छ । तर त्यसमा सरकारकै तर्फबाट कानुनमन्त्रीले प्रस्ताव लैजान्छन् र निर्णय हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?