+
+

अर्थ सचिव घिमिरेले सम्हाले कार्यभार, मरासिनीको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १९:२७

१५ साउन, काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले कार्यभार सम्हालेका छन् । यसअघि राजस्व सचिव रहेका उनलाई सोमबारको मन्त्रिपरिषद् बैठकले अर्थसचिव बनाएको थियो ।

यसअघि अर्थसचिव रहेका मधुकुमार मरासिनीलाई बिदाइ गरिएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा डा. घिमिरेलाई स्वागत र मरासिनीलाई बिदाइ गरियो ।

मन्त्रिपरिषद् बैठकले राजस्व सचिव डा. घिमिरेलाई अर्थ सचिवमा र अर्थ सचिव मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले अर्थ प्रशासनको सफल नेतृत्व गर्न घिमिरे सफल हुने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिए ।

अर्थ सचिव रहँदा मरासिनीले बजेट निर्माण लगायतमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै जुनसुकै ठाउँमा रहे पनि राष्ट्रका लागि योगदान गर्ने अर्थमन्त्री पौडेलको विश्वास थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?