+
+

सरकारले उठाउन थाल्यो आन्तरिक ऋण, भोलि १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १९:२५

१५ साउन, काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि आन्तरिक ऋण उठाउन सुरु गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र बोलकबोल मार्फत भोलि बुधबार १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।

११ वर्ष अवधिका लागि बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

उक्त ऋणपत्र १७ साउन बिहीबार निष्कासन हुनेछ । ऋणपत्रको सावाँ भुक्तानी १७ साउन २०९२ मा हुने र ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । विकास ऋणपत्रको ब्याजमा ब्याजकर लाग्नेछ ।

ऋणपत्र धितो राखी कर्जा लिन वा दिने सकिनेछ । ऋणपको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब स्रोत व्यवस्थापन गर्ने लक्ष्य लिएको छ ।

विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?